कतारको युनिमनीबाट आइएमईमा पैसा पठाउँदा आइफोन १४ प्रोदेखि सामसङ एस२२ अल्ट्रा जित्न सकिने



२०७९ चैत्र २ गते ०९:४६
कतारको युनिमनीबाट आइएमईमा पैसा पठाउँदा आइफोन १४ प्रोदेखि सामसङ एस२२ अल्ट्रा जित्न सकिने


काठमाडौं। आइएमई पे र युनिमनी एक्सचेन्ज कतारबीच युनिमनीको ‘सेन्ड मनी अन्लाइन एन्ड विन बिग’ क्याम्पेनमा प्रमोसन पार्टनरको रुपमा समझदारी भएको छ।

TATA
GBIME

विन बिग क्याम्पेनमा सबै सेवाग्राहीहरू युनिमनी कतार मोबाइल एप अथवा युनिमनीको अनलाइन पोर्टल मार्फत आइएमईमा पैसा पठाउँदा १० जना विजेताले आइफोन १४ प्रो, ५ जना विजेताले सामसङ ग्यालेक्सी एस २२ अल्ट्राका साथै ३० जना सेवाग्राहीहरूले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्ने कम्पनीले जनाएको छ।

क्याम्पेनको अवधि १५ मार्च २०२३ देखि १५ मे २०२३ (०१ चैत, २०७९ देखि जेठ १, २०८०) सम्म जम्मा ६२ दिनका लागि लागु हुनेछ। उक्त क्याम्पेनसँगै युनिमनी एक्सचेन्ज कतारबाट आइएमई गर्दा आइएमई पे वालेटमा ५० रुपैयाँसम्मको बोनस सुविधा यथावत नै रहनेछ।

क्याम्पेनको विजेता घोषणा विद्युतीय माध्यमबाट छनोट हुने कम्पनीले जनाएको छ।


Sunrise Bank