
काठमाडौं। बजाजले पल्सर एनएस १६० र २०० मोडलको अपडेटेड भर्सन सार्वजनिक गरेको छ। मंगलबार कम्पनीले भारतमा उक्त मोडलहरुको अपडेटेड भर्सन सार्वजनिक गरेको हो।
यसमा एनएस १६० मोडलको मूल्य भारतमा भारु १.३५ लाख रुपैयाँ तोकिएको छ। यसैगरी, एनएस २०० मोडलको मूल्य भारु १.४७ लाख रुपैयाँ तोकिएको छ। यसअघिको भर्सनमा भन्दा यो नयाँ अपडेटेड भर्सनमा क्रमश भारु १० हजार र ७ हजार रुपैयाँ बढेको छ।
यो नयाँ अपडेटेड भर्सनमा टेलिस्कोपिक फोर्कलाई अपसाइड डाउन युनिटमा जडान गरिएको छ। यस्तै, स्ट्यान्डर्ड भर्सनमा डुअल- च्यानल एबीएस सिस्टम राखिएको छ। तर यी मोडलमा इन्जिनको स्पेकहरु केही परिवर्तन गरिएका छैनन्।
एनएस २०० मोडल पहिलेको भन्दा कम वेटको छ। यसअघि १५९.५ केजीबाट १५८ केजीमा तयार पारिएको छ।
एनएस १६० मा आयल-कुल्ड १६०.३ सीसी सिंगल सिलिन्डर मोटर भएको इन्जिन उपलब्ध छ। उक्त इन्जिनले १७.२ हर्सपावर र १४.६ एनएम टर्क उत्पादन गर्छ। यस्तै, एनएस २०० मा लिक्वीड कुल्ड १९९.५ सीसी क्षमताको इन्जिन रहेको छ। यसले २४.५ हर्सपावर र १८.७ एनएम टर्क उत्पादन गर्छ।
यी दुबै बाइकहरु उस्तै उस्तै देखिन्छन्। तर यसको स्पेक, फिचर र पावरहरु फरक रहेका छन्।