पूर्वाधार र खनिजमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आह्‍वान, पर्यटन क्षेत्रलाई सहयोग

बिजमाण्डू
२०७९ फागुन ३० गते १०:५८ | Mar 14, 2023
पूर्वाधार र खनिजमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आह्‍वान, पर्यटन क्षेत्रलाई सहयोग


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल-चीन अन्तर्देशीय व्यापारको सम्बन्धको इतिहास लामो र सफल रहेको बताउँदै चिनियाँ सहकार्यले नेपालको व्यवसायिक क्षेत्रलाई प्रोत्साहन गर्न मद्दत पुगेको उल्लेख गरेका छन्।

Tata
GBIME
NLIC

नेपाल-चाइना इन्भेष्टमेन्ट एण्ड बिजनेस फोरम २०२३ को मंगलबार राजधानीमा उद्‍घाटन गर्दै प्रधानमन्त्रीले फोरमले दुई मुलुकबीच नयाँ लगानीको सम्भावना बढाउन उल्लेख्य भूमिका खेल्ने बताए।

नेपालको अन्तर्राष्ट्रिय व्यापारमा चीनको ४० प्रतिशत हिस्सा रहेको बताउँदै उनले चिनियाँ बजारमा नेपाली उत्पादनलाई थप प्रोत्साहन दिन आग्रह गरे।

अन्य देशको तुलनामा नेपालको कर पनि निकै न्यून रहेको हुँदा चिनियाँ लगानीलाई सहज र प्रोत्साहन मिल्ने उनले बताए। जलविद्युत, पर्यटन र खनिजमा पनि नेपाली लगानीको सम्भावना उत्कृष्ट रहेको उनको भनाइ छ। पूर्वाधार र प्रविधिको क्षेत्रमा चिनियाँ लगानी महत्त्वपूर्ण साबित भएको उनले बताए।

सरकारले अन्तर्राष्ट्रिय लगानीलाई बढावा दिन नीतिगत सुधार गर्ने बताउँदै उनले यसले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पनि सहज हुने बताए।

चीनले आफ्नो मुलुकभित्र र बाहिरको आवतजावत खुकुलो पारेलगत्तै नेपाली पर्यटनलाई पनि बढावा मिल्ने उनले बताए। नेपालको सुधारोन्मुख पर्यटन क्षेत्रलाई चिनियाँ पर्यटनको आगमनले मद्दत मिल्ने उनले बताए।

प्रधानमन्त्री दाहालले अन्तर्देशीय व्यापारलाई बढाउन मुलुकहरूबीचको क्रसबोर्डर सम्बन्ध पनि वृद्धि गर्नुपर्ने बताए।

सीमा आवश्यक पूर्वाधार प्रविधिको व्यवस्था गर्न चीन सरकारलाई आग्रह गरे।