
काठमाडौं। सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले चैत ८ देखि १२ गतेसम्म सेयर जारी गर्ने भएको हो।
कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ४९ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको हो। कम्पनीले प्रभावित र बैदेशिक रोजगारीमा गएकाहरुसहित यो सेयर सर्वसाधारणलाई छुट्याएको हो।
कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिन्छ। कम्पनीले ९.६ मेगावाट क्षमताको परियोजना निर्माण गरिरहेको छ। यसको प्रति मेगावाट लागत १९ करोड ८४ लाख रुपैयाँ अनुमान गरिएको छ।