पेट्रोलियम पदार्थको कारोबार गर्ने नेपाल आयल निगमले नै किन्यो विद्युतीय गाडी बीवाइडी

बिजमाण्डू
२०७९ फागुन २८ गते १७:०० | Mar 12, 2023
पेट्रोलियम पदार्थको कारोबार गर्ने नेपाल आयल निगमले नै किन्यो विद्युतीय गाडी बीवाइडी

काठमाडौं। पेट्रोलियम पदार्थ आयात गर्ने नेपाल आयल निगम आफैले नयाँ विद्युतीय गाडी खरिद गरेको छ।

Tata
GBIME
Nepal Life

निगमले विद्युतीय सवारीलाई प्राथमिकतामा राख्दै नयाँ गाडी खरीदमा विद्युतीय गाडी किनेको हो।

निगमका अनुसार हाललाई ३ वटा मात्र विद्युतीय गाडी खरीद गरिएको छ। जसमा बीवाइडीको ई-६ मोडल रहेको छ। यो गाडीको मूल्य ५९ लाख रुपैयाँ रहेको छ। यसमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ५४० किलोमिटर रेन्ज प्रदान गर्छ। यसलाई फुल चार्ज गर्न ८-१० घन्टाको समय लाग्छ।

निगमले विद्युतीय गाडी खरीदका लागि गत कात्तिकमा नै टेन्डर आह्वान गरेको थियो। निगमका अनुसार निगमले बीवाइडी, हुन्डाई र एमजीका गाडी बिक्री गर्ने कम्पनी टेन्डरमा सहभागी भएका थिए। त्यसबाट बीवाइडीले टेन्डर हात पारेको थियो।

कम मूल्यमा प्रतिस्पर्धा गरेका कारण बिवाइडीको गाडी खरीद गरिएको निगमका उपनिर्देशक विनितमणि उपाध्यायले बताए। उनका अनुसार निगमले विद्युतीय गाडी खरिद गर्नुको मूख्य कारण इन्धन खपत घटाउने र नेपालमा उत्पादन भएको विद्युत खपतलाई आढाउनु हो।

पेट्रोलियम पदार्थ आयात गर्ने निगम आफैले विद्युतीय सवारी खरिद गरेर उदाहरण बनाएको छ।