
काठमाडौं। टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदीले तीन दिनका लागि ल्याएको ‘द इलेक्ट्रिफाइङ एक्सचेन्ज अफर’को अवधि आज सकिँदैछ।
उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल-डिजेल इन्जिन सवारी साधनलाई टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मूल्यांकन गरेर साट्ने सुविधा दिइएको बताएको छ। यसैगरी फाइनान्स र इन्स्योरेन्सका साथै हरेक गाडी हस्तान्तरणमा गाडीका लागि उपयुक्त पार्टपुर्जा पनि निःशुल्क दिइने जारी विज्ञप्तिमा उल्लेख छ।
कम्पनीका अनुसार हाल बजारमा टाटा नेक्सन र टिगोर इभीको माग एकदम बढ्दो क्रममा छ।
यही मागलाई अझ सुलभ बनाउन चालु अवस्थामा रहेका गाडीसँग टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक इभी साट्ने सुविधा कम्पनीले ल्याएको हो।
सिप्रदीले फागुनको २६, २७ र २८ गते नेपालभरका आधिकारिक टाटा मोटर्स शोरुमहरु मा यो विशेष एक्सचेन्ज क्याम्प राखेको थियो।