सुन तोलामा ८०० रुपैयाँ बढ्यो, कारोबार मूल्य प्रतितोला १ लाख १ हजार ८००

बिजमाण्डू
२०७९ फागुन २६ गते १२:०६ | Mar 10, 2023
सुन तोलामा ८०० रुपैयाँ बढ्यो, कारोबार मूल्य प्रतितोला १ लाख १ हजार ८००

काठमाडौं। साताको अन्तिम दिन सुनको मूल्य बढेको छ। दुई दिनदेखि घट्न थालेको मूल्य शुक्रवार पुन: बढेको हो।

Tata
GBIME

८ सय रुपैयाँ बढ्दा प्रतितोला कारोबार मूल्य १ लाख १ हजार ८ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार ५ सय रघटेर मूल्य निर्धारण हुँदा प्रतितोला १ लाख १ हजार रुपैयाँमा आइपुगेको थियो।

चाँदीको मूल्य भने स्थिर छ। अघिल्लो दिनभन्दा ५ रुपैयाँ घटेर बिहीबार प्रतितोला १२ सय २० रुपैयाँ भएको थियो। शुक्रबार सोही मूल्यमा स्थिर छ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रवार सुनको मूल्य बढेर कारोबार भएको छ। बिहीबार प्रतिऔंस १८१५.४६ डलर रहेको सुनको कारोबार मूल्य शुक्रबार बढेर १८३०.३३ डलर पुगेको छ। चाँदी प्रतिऔंस २० डलर छ।