राष्ट्रपतिमा रामचन्द्र पौडेल पक्का, कांग्रेस-माओवादी गठबन्धनसहित स्वतन्त्र पार्टीको पनि समर्थन

बिजमाण्डू
२०७९ फागुन २५ गते १६:२१ | Mar 9, 2023
राष्ट्रपतिमा रामचन्द्र पौडेल पक्का, कांग्रेस-माओवादी गठबन्धनसहित स्वतन्त्र पार्टीको पनि समर्थन

काठमाडौं। कांग्रेस-माओवादीसहितको नौ दलीय गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मत दिएपछि रामचन्द्र पौडेल आगामी राष्ट्रपति हुने पक्का भएको छ। राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ। नयाँ बानेश्वरमा रहेको संघीय संसद भवनमा मतगणना सुरु भएको हो।

Tata
GBIME
Nepal Life

राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ चुनावी मैदानमा छन्।

नयाँ राष्ट‍्रपतिका लागि बिहीबार भएको मतदानमा ३१३ संघीय सांसद र ५१८ प्रदेश सांसदले मतदान गरेका छन्। कुल ८८१ मतदाता रहेकोमा आज ८३१ मतमात्र खसेको निर्वाचन अधिकृत कार्यालयकी सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।

प्रतिनिधसभा र प्रदेशसभा सांसदहरुले मत दिएको मतपत्रको छुट्टाछुट्टै स्थानमा गणना हुँदैछ।

साँझ ७ बजेसम्ममा मतपरिणाम आइसक्ने गरि निर्वाचन अधिकृतको कार्यालयले तयारी गरिरहेको शर्माको भनाइ छ।