हरेक महिनाको २५ गते इसेवाको इन्स्योरेन्स डे, प्रिमियम तिर्दा २ सय रुपैयाँसम्म क्यासब्याक

बिजमाण्डू
२०७९ फागुन २५ गते १४:३९ | Mar 9, 2023
हरेक महिनाको २५ गते इसेवाको इन्स्योरेन्स डे, प्रिमियम तिर्दा २ सय रुपैयाँसम्म क्यासब्याक

काठमाडौं। इसेवाले हरेक महिनाको २५ गतेलाई इन्स्योरेन्स डेको रूपमा मनाउने भएको छ।

Tata
GBIME

यस अफर अन्तर्गत हरेक महिनाको २५ गते १२ बजेदेखि २ बजेसम्म इन्स्योरेन्स्को प्रिमियम भुक्तानी गर्दा दुई सय रुपैयाँसम्म क्यासब्याक पाइने कम्पनीले जनाएको छ।

इन्स्योरेन्स्को प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्न इसेवाले यो सुविधा ल्याएको कम्पनीको भनाइ छ।

इसेवाले हाल एन्ड्रोइडमा ५५ लाख र आइओएसमा करिब १० लाख गरि ६५ लाख बढी ग्राहकलाई एपमार्फत सेवा दिइरहेको छ।