चैत १ बाट लागू हुने निक्षेपको ब्याज घटाउन बैंकर्स संघको आज पूर्ण बैठक बस्दै

२०७९ फागुन २५ गते ०७:४७
चैत १ बाट लागू हुने निक्षेपको ब्याज घटाउन बैंकर्स संघको आज पूर्ण बैठक बस्दै


काठमाडौं। बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले बिहीबार बिहान साढे नौ बजे सम्पूर्ण सदस्यलाई समेत डाकेर बैठक गर्ने भएको छ।

Tata
GBIME

संघले चैत १ गतेदेखि लागू हुने निक्षेपको ब्याज दर बारे निर्णय गर्न बैठक डाकेको हो। नयाँ नेतृत्व आएपछि पहिलो पटक पूर्ण बैठक डाकिएको हो।

बजार, सरकारलगायतबाट ब्याज घटाउनु पर्ने दबाबका बीच संघको बैठक हुन लागेको हो।

गत माघमा १२.१३३ प्रतिशत रहेको साधारण मुद्दतिको ब्याज दर ११ प्रतिशतमा झारिएको थियो। चैतमा पनि घटाउने गरी बैठक डाकिएको हो।

चैतको ब्याज दर एक प्रतिशत बिन्दुले नै घटाउने वा क्रमिक रुपमा घटाएर एक प्रतिशत बिन्दु कममा ल्याउने बारे छलफल हुने छ।

निक्षेपको ब्याज एक प्रतिशत घट्ने बित्तिकै चैत गतेबाटै बैंकहरुको २८ प्रतिशत निक्षेप सस्तो हुने छ। यसले लागत कम भएर आधार दर घट्छ र ऋणको ब्याज पनि कम हुन्छ।


Sunrise Bank