अमेरिकासँगको बिग्रिदो सम्बन्धका कारण चीनले सैन्य बजेट बढायो, २२५ अर्ब डलर पुग्यो

२०७९ फागुन २२ गते १६:३५
अमेरिकासँगको बिग्रिदो सम्बन्धका कारण चीनले सैन्य बजेट बढायो, २२५ अर्ब डलर पुग्यो


काठमाडौं। चीनले बढ्दो खतराको चेतावनीसहित सैन्य बजेट ७ प्रतिशतले बढाएको छ। यो नेसनल पब्लिक कांग्रेस (एनपीसी) मा घोषणा गरिएको थियो।

TATA
GBIME

चीनको राष्ट्रपतिले रुस- युक्रेन युद्ध र हालैको जासुसी बेलुनको मुद्दालाई लिएर अमेरिकासँग बिग्रँदै गएको सम्वन्धलाई लिएर सैन्य बजेट बढाएको हो।

चीनले आगामी वर्षहरूमा ताइवानमाथि आक्रमण गर्न सक्ने अनुमान अमेरिकाको छ। चीनले ताइवानको वरपरको वायु र समुद्रमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार सहित सैन्य शक्तिको बढ्दो प्रदर्शन गरेको छ।

चीनले स्वशासित ताइवानलाई एक छुट्टिएको प्रान्तको रूपमा हेर्छ जुन अन्ततः बेइजिङको नियन्त्रणमा हुनेछ।

बेइजिङको सैन्य बजेट लगभग २२५ अर्ब डलर रहेको छ। यो चीनको सैन्य बजेट अझै पनि अमेरिकाको भन्दा कम हो। अमेरिकी सैन्य बजेट चीनको भन्दा चार गुणा बढी छ। तर विश्लेषकहरू भने चीनले सैन्य बजेटमा कति खर्च गर्छ भनेर कम देखाउने गरेको बताउँछन्।

निवर्तमान प्रधानमन्त्री ली केकियाङले एनपीसीलाई चीनलाई दबाउन र नियन्त्रण गर्ने बाह्य प्रयासहरू बढ्दै गएको बताएका छन्। सशस्त्र बलहरूले बोर्डरभर सैन्य प्रशिक्षण र तयारीलाई तीव्र बनाउनु पर्ने पनि उनले बताएका छन्।

बैठकमा चीनले यो वर्ष करिब ५ प्रतिशतको न्यून आर्थिक वृद्धि लक्ष्य हासिल गर्ने घोषणा पनि गरेको थियो।


Sunrise Bank