
काठमाडौं। यातायात व्यवस्था विभागले संचालन गर्दै आएको लाइसेन्सको सर्भरमा वाग्मती प्रदेशअन्तर्गत यातायात कार्यालयमा लाइसेन्स लिने प्रक्रिया हाललाई बन्द गरिएको छ।
आइतबार बागमती प्रदेशअन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था कार्यालयले एक सूचना जारी गर्दै सर्भरमा समस्या आएको भन्दै हाललाई लाइसेन्सका सबै सेवाहरु बन्द गरिएको जनाएको छ।
तर यो अवधिमा स्मार्ट कार्ड वितरण भने जारी रहने सूचनामा उल्लेख छ।
कार्यालयले यो समस्या समाधान गर्न सुरु भैसकेको जानकारी पनि दिएको छ। कार्यालयले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि लाइसेन्ससम्बन्धी सबै सेवाहरु बन्द रहने जनाएको छ।