
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले नेपालको आर्थिक विकासको मुख्य आधार पर्यटन भएको बताएकी छिन्।
मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा राज्यमन्त्री सिर्पालीले भनिन्-‘विश्वका अग्ला १२ हिमालमध्ये आठवटा हिमाल नेपालमै अवस्थित हुनु सामान्य कुरा होइन। हिमाल, प्राकृतिक दृश्य र बहुमुल्य जडिबुटी नेपालको पर्यटन उद्योगको आधार हो।’
उक्त कार्यक्रममा अर्घाखाँची जिल्लाको विकासमा आधारित १२ वटा कार्यपत्र पेश गरिएको थियो।
अर्घाखाँची, लुम्बिनी प्रदेशसहित समग्र नेपालको पर्यटन विकासको वर्तमान अवस्था, पर्यटन विकासका आधार लगायतका विषयमा विभिन्न क्षेत्रका विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए।