समता घरेलु लघुवित्तले डाक्यो साधारण सभा, स्वरोजगारसँग मर्जर र लाभांश पारित गर्ने

बिजमाण्डू
२०७९ फागुन १९ गते १०:१० | Mar 3, 2023
समता घरेलु लघुवित्तले डाक्यो साधारण सभा, स्वरोजगारसँग मर्जर र लाभांश पारित गर्ने

काठमाडौं। समता घरेलु लघुवित्तले लाभांश पारित गर्न साधारण सभा डाकेको छ। सभा चैत ११ गते धुलिखेलमा बस्ने जनाएको छ।

Tata
GBIME
Nepal Life

सभाले लाभांश बाहेक स्वरोजगार लघुवित्तसँग मर्जर सम्बन्धि एजेन्डा पारित गर्दैछ। गत आर्थिक वर्षका लागि लघुवित्तले १८ प्रतिशत लाभांश दिने प्रस्ताव बारे सभाले छलफल गर्नेछ।

लघुवित्तले गत आवको नाफाबाटै चुक्ता पुँजी वृद्धि गर्ने बताएको हो। ५ करोड १४ लाख रुपैयाँले चुक्ता पुँजी बढ्दैछ। प्रस्तावित लाभांश मध्ये १५ प्रतिशत बोनस सेयर हो।

बाँकी कर प्रयोजनका लागि नगद दिँदैछ। अहिले साधना लघुवित्तको चुक्ता पुँजी ३४ करोड २७ लाख रुपैयाँ छ।

समताले स्वरोजगार लघुवित्तसँग मर्जरमा जाने निर्णय पारित गर्दैछ। मर्जरको काम गर्न सभाले सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव छ। लाभांश र साधारण सभा प्रयोजनका लागि चैत १ गते बुक क्लोज गर्ने जनाएको छ।

स्वरोजगार लघुवित्तले पनि लाभांश र मर्जर सम्बन्धि प्रस्ताव चैत ११ गतेको साधारण सभामा लैजाँदैछ।