
काठमाडौं। इसेवाले ‘स्कयान टु विन अफर’ सञ्चालनमा ल्याएको छ। अफर अन्तर्गत इसेवाको मोबइल एपमार्फत क्यूआर स्क्यान एण्ड पे गर्दा एकजना भाग्यशाली नेपालीले आइफोन १४ पाउने कम्पनीले जनाएको छ।
यसैगरी अफरमा हरेक हप्ता एक जनाले रेडमी वाच २ लाइट प्राप्त गर्ने छन्। साथै १० जनाले एक हजार रुपैयाँसम्मको पूर्ण क्यासब्याक सेवा प्राप्त गर्ने कम्पनीले जनाएको छ।
उपहार योजनामा सहभागी हुन इसेवा मोबाइल एपमार्फत क्यूआर स्क्यान पे गर्नुपर्ने हुन्छ। साप्ताहित पूर्ण कारोबार क्यासब्याक फिर्ता हुने १० जनाले हरेक बिहीबार ४८ घण्टा भित्र सोही रकम प्राप्त गर्ने बताइएको छ।
त्यसैगरी रेडमी वाच २ लाइट स्मार्ट वाच विजेता पनि हरेक बिहीवार घोषणा गर्ने इसेवाले जनाएको छ। यसैगरी ग्राण्ड प्राइज विजेता अभियान सकिएको एक हप्ताभित्र घोषणा गर्ने तयारी कम्पनीको छ।
इसेवाले हाल एन्ड्रोइडमा ५५ लाख र आइओएसमा करिब १० लाख गरि ६५ लाखभन्दा बढी ग्राहकलाई एपमार्फत सेवा दिइरहेको छ।