नेपाल एयरलाइन्सको टिकटको भुक्तानी अब आइएमई पेबाट गर्न मिल्ने

बिजमाण्डू
२०७९ फागुन १६ गते १२:५३ | Feb 28, 2023
नेपाल एयरलाइन्सको टिकटको भुक्तानी अब आइएमई पेबाट गर्न मिल्ने

काठमाडौं। नेपाल एयरलाइन्सको वेबसाइटबाट टिकट बुक गर्दा आइएमई पेमार्फत भुक्तानी गर्न मिल्ने भएको छ।
जसका लागि नेपाल एयरलाइन्स र आइएमई पेबीच सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

नेपाल एयरलाइन्सको वेबसाइटमा गएर आवश्यकता अनुसारको गन्तव्य र मिति छानोट गर्न सकिन्छ। त्यसमा मागिएको विवरण भरेर चेकआउट गर्ने क्रममा आइएमई पे छनोट गरी सजिलै भुक्तानी गर्न सकिने आइएमई पेले जनाएको छ।

ग्राहकहरुलाई भुक्तानी प्रक्रिया सहज पार्न र विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सम्झौता गरिएको कम्पनीको भनाइ छ।