प्रति मेगावाट ३१ करोड लागतमा निर्माण भइरहेको मोदी इनर्जीले सेयर जारी गर्ने

बिजमाण्डू
२०७९ फागुन १६ गते ०८:५० | Feb 28, 2023
प्रति मेगावाट ३१ करोड लागतमा निर्माण भइरहेको मोदी इनर्जीले सेयर जारी गर्ने

काठमाडौं। मोदी इनर्जी लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि साधारण सेयर जारी गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले फागुन २५ देखि चैत ९ गतेसम्म सेयर जारी गर्ने छ। प्रभावितले १० देखि एक हजार कित्तासम्म आवेदन दिन सक्ने छन्। रोजगारीमा रहेकाले १० देखि एक लाख कित्तासम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ।

कम्पनीको जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँ छ। यसको २५ प्रतिशत सेयर सर्वसाधारणसहित रोजगारीमा गएका र प्रभावितलाई बिक्री गर्न लागेको हो।

कम्पनीले २० मेगावाटको परियोजना निर्माण गरिरहेको छ। परियोजनाको कुल लागत ६ अर्ब २० करोड अनुमान गरिएको छ। प्रति मेगावाट लागत ३१ करोड ३ लाख रुपैयाँ रहेको छ। अन्य परियोजनाको लागत प्रति मेगावाट २०/२२ करोड परिरहेकोमा कम्पनीको भने ३१ करोड नाघेको हो।