ठमेलको ब्ल्याकबर्ड बारले आउटलेट विस्तार गर्‍यो, ५० लाख खर्चेर ‘ब्ल्याकबर्ड झम्सिखेल’ संचालनमा ल्याउँदै

बिजमाण्डू
२०७९ फागुन १५ गते १६:४७ | Feb 27, 2023
ठमेलको ब्ल्याकबर्ड बारले आउटलेट विस्तार गर्‍यो, ५० लाख खर्चेर ‘ब्ल्याकबर्ड झम्सिखेल’ संचालनमा ल्याउँदै

काठमाडौं। डेढ वर्षअघि संचालनमा आएको ब्ल्याकबर्डले झम्सिखेलस्थित नयाँ आउटलेट संचालनमा ल्याउने भएको छ। ५० लाख रुपैयाँको लागतमा ‘ब्ल्याकबर्ड झम्सिखेल’ संचालनमा ल्याउन लागिएको  संचालक देवांश राणाले बताए।

Tata
GBIME
Nepal Life

‘हामीले नयाँ आउटलेट संचालनमा ल्याउन लागेको ठाउँमा अरु नयाँ रेष्टुरेन्ट पनि संचालनमा आउने तयारी भैरहेको छ। हाल संचालित आउटलेटको तुलनामा ग्राहकले नयाँ आउटलेटमा भिन्न खालको सेवा  पाउन सक्नुहुनेछ,’ संचालक राणाले भने।  

६० जना क्षमता रहेको कयो बारले दिउँसो १ बजेदेखि राती ११ बजेसम्म सेवा दिने उनले जानकारी  दिए। तयारी अन्तिम चरणमा रहेको नयाँ आउटलेट दुई साता भित्रै संचालनमा ल्याउने योजना रहेको उनले बताए। उनका अनुसार नयाँ आउटलेटको एम्वियन्स र बार मेनु ठमेलकै अवधारणामा तयार गरिएको छ।    

नेपालकै पहिलो मिक्सोलोजी बार ब्ल्याकबर्डले  ग्राहकको माग अनुसार सेवा विस्तार गरेको  उनले बताए।  हाल ठमेलस्थित ब्याकबर्डको पहिलो आउटलेटले दिउँसो चार बजेदेखि मध्यरातसम्म सेवा दिँदै आएको छ ।

बारले नाचोज्, मोजेरिल्ला स्टिक्स, चिकेन नगेट्स, मसरुम चिल्ली, प्रुट प्लाटर, कर्ड मिट्स, चिज बोर्ड, क्रोस्टिनी लगायतका स्न्याक्स दिँदै आएको छ भने ब्ल्याक बर्ड, वेगटेल, पाराकेट, हमिङ बर्ड, जुरेली, कोकाटु, मैना, अल्पाइन स्विफ्ट जस्ता विशेष ककटेलहरुका लागि चर्चित छ।