बैंकमाथि धावा बोल्दै आएका विवादित व्यवसायी दुर्गा प्रसाईंको बीएण्डसीले २.७० अर्ब ऋणलाई पायो रेटिङ

बिजमाण्डू
२०७९ फागुन १४ गते १८:४७ | Feb 26, 2023
बैंकमाथि धावा बोल्दै आएका विवादित व्यवसायी दुर्गा प्रसाईंको बीएण्डसीले २.७० अर्ब ऋणलाई पायो रेटिङ


काठमाडौं। बैंक तथा वित्तीय संस्था माथि धावा बोल्दै आएका दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजले २ अर्ब ७० करोडभन्दा बढीको ऋण लिन रेटिङ गराएका छन्।

Vigo
GBIME
Tata

बैंक तथा वित्तीय संस्थाहरु माथि विभिन्न आरोप लगाउँदै ऋणसमेत नतिर्न आह्‍वान गरेका विवादित व्यवसायीको कम्पनीले रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालबाट दीर्घकालीन तथा अल्पकालीन ऋण लिन रेटिङ गराएको हो।

प्रसाईंको बीएण्डसीले २०२१/२२ मा १ अर्ब १९ करोड ६० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ। अघिल्लो वर्ष ८१ करोड ४० लाख र २०१९/२० मा ५३ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो।

कम्पनीको कार्यकारी निर्देशक प्रसाईं छन्। डा. रामबाबु गिरी प्रबन्ध निर्देशक छन्। बीएण्डसीमा कुल ६१५ कर्मचारी छन् जसमध्ये ४६६ मेडिकल स्टाफ कार्यरत छन्।