एसियन हाइड्रोपावरको आइपीओ बाँडफाँट, ६९ हजारले हात पारे १०/१० कित्ता

बिजमाण्डू
२०७९ फागुन १४ गते १२:१६ | Feb 26, 2023
एसियन हाइड्रोपावरको आइपीओ बाँडफाँट, ६९ हजारले हात पारे १०/१० कित्ता


काठमाडौं। मागभन्दा २२.१५ गुणा बढी आवेदन परेको एसियन हाइड्रोपावरको आइपीओ आइतबार बाँडफाँट भएको छ। योग्य आवेदनमध्येका ६९ हजार ७ सय २० जनाले १०/१० कित्ता हात पारेका छन्।

Tata
GBIME
Nepal Life

आइपीओका लागि १४ लाख ३२ हजार २ सय २२ जनाले आवेदन दिएका थिए। १ करोड ५५ लाख २५ हजार ४ सय कित्ता सेयरका लागि आवेदन परेको थियो।

जसमध्ये १४ लाख २५ हजार ७ सय २० जना आवेदक योग्य भएका थिए। उनीहरुको १ करोड ५४ लाख ४५ हजार ८ सय २० कित्ता सेयर बराबरको आवेदन प्रमाणित भएको हो। आइपीओमा मागभन्दा २२.१५ गुणा बढी आवेदन परेको थियो। ६ हजार ५ सय २ जना आवेदकको कुल ७९ हजार ५ सय ८० कित्ता आवेदन रद्द भएको हो।

प्रमाणित मध्येका ६९ हजार ७ सय २० जनाले १०/१० कित्ताका दरले आइपीओ पाएका छन्। कम्पनीले गत माघ २७ देखि फागुन २ गतेसम्म ८ लाख ४० हजार कित्ता आइपीओको बिक्रीका लागि दरखास्त खुलाएको थियो। ६ लाख ९७ हजार २०० कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो।