आर्थिक वर्ष २०७९/८०लागि तोक्यो गहुँको समर्थन मूल्य, किसानले क्विन्टलको ३३५१ रुपैयाँ पाउने

बिजमाण्डू
२०७९ फागुन १२ गते १७:३१ | Feb 24, 2023
आर्थिक वर्ष २०७९/८०लागि तोक्यो गहुँको समर्थन मूल्य, किसानले क्विन्टलको ३३५१ रुपैयाँ पाउने


काठमाडौं। सरकारले गहुँको नयाँ समर्थन मूल्य तोकेको छ। आर्थिक वर्ष २०७९/८० को लागि मन्त्रिपरिषद्को बैठकले गहुँको समर्थन मूल्य निर्धारण गरेको हो।

Tata
GBIME

चालु आर्थिक वर्षमा सरकारले गत वर्षको भन्दा गहुँको मूल्य प्रतिक्विन्टल १८६ रुपैयाँ बढाएको हो।

सरकारले गहुँको नयाँ मूल्य प्रति क्विन्टल ३ हजार ३ सय ५१ रुपैयाँ कायम गरेको हो। जसमा गहुँको मूल्य प्रतिकेजी ३३.५१ रुपैयाँ पर्छ।

गत आर्थिक वर्ष २०७८/७९ का लागि गहुँको मूल्य प्रतिक्विन्टल ३ हजार १ सय ६५ रुपैयाँ निर्धारण गरेको थियो। यो वर्ष सरकारले चाँडै मूल्य निर्धारण गरेको हो। गत वर्ष गहुँको मूल्य वैशाखमा निर्धारण भएको थियो।