बालुवाटार बैठक: पुरानै पाँच दलीय गठबन्धन ब्युँताउने, माधव नेपाललाई एक वर्ष प्रधानमन्त्री!

२०७९ फागुन १२ गते १३:३३
बालुवाटार बैठक: पुरानै पाँच दलीय गठबन्धन ब्युँताउने, माधव नेपाललाई एक वर्ष प्रधानमन्त्री!


काठमाडौं। राष्ट्रपतिको उम्मेदवार फाइनल गर्न बालुवाटारमा बसेको चार दलको बैठक सकिएको छ। पुरानै पाँच दलीय गठबन्धन ब्युँताउने तयारीका साथ बैठक सकिएको र फाइनलका लागि साँझ ५ बजे पुन: बैठक बस्ने कांग्रेस महामन्त्री गगन थापाले बताए।

TATA
GBIME

‘राष्ट्रपतिको चुनावको सन्दर्भमा छलफल जारी गरिरहेका छौं। हामी चार वटा दल एक ठाउँमा बसेर लामो छलफल गर्‍यौं,’ बैठकबारे महामन्त्री थापाले भने, ‘छलफल सकारात्मक छ। विभिन्न विकल्पमा छलफल भएको छ। आ-आफ्नो दलमा छलफल गरेर हामी पाँच बजे फेरि बस्छौं।’

राष्ट्रपतिको उम्मेदवार फाइनल गर्न कांग्रेससहित माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी बैठकमा जुटेको हो।

बैठकमा राष्ट्रपति कांग्रेसलाई दिने र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई एक वर्ष प्रधानमन्त्री दिने विकल्पमा छलफल भएको बताइएको छ। ‘माधव नेपाललाई पनि एक वर्ष प्रधानमन्त्री दिने विकल्पमा छलफल भएको छ,’ बालुवाटार स्रोतले भन्यो।

यसबारेमा थप छलफल गर्न लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पनि भेटवार्ता हुने तयारी रहेको बताइएको छ।


Sunrise Bank