लुम्बिनी जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभाले पारित गर्‍यो ६.९९% बोनस सेयर दिने प्रस्ताव

२०७९ फागुन ११ गते १५:४६
लुम्बिनी जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभाले  पारित गर्‍यो ६.९९% बोनस सेयर दिने प्रस्ताव


काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभाले ६.९९ प्रतिशले बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ। सभाले ०.३६७९ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने भएको छ।

Tata
GBIME

मर्जरमा रहेको कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ६.९९ प्रतिशतले हुन आउने बोनस सेयर वितरण गर्ने र सो बमोजिम कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव गरेको थियो। उक्त प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ।

लम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनी मर्जरपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड बन्ने छन्।
दुई कम्पनीको सेयर आदानप्रदान अनुपात १००:८० हुने गरी स्वाप रेसियो कायम रहने, विस्तृत लेखापरीक्षण बापतको पारिश्रमिक पनि सभाले अनुमोदन गरेको छ।

दुवै कम्पनी मर्ज भएपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा प्रतिनिधित्व गर्ने सञ्चालक तोक्ने र मर्जर लगायत कम्पनीको तर्फबाट गर्नुपर्ने बाँकी सम्पूर्ण कामहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ।


Sunrise Bank