इन्धन प्यासेन्जर गाडी पनि आयात हुन थाले, चालु आवको सात महिनामा ११०३ युनिट आयात

२०७९ फागुन ११ गते ०९:२८
इन्धन प्यासेन्जर गाडी पनि आयात हुन थाले, चालु आवको सात महिनामा ११०३ युनिट आयात


काठमाडौं। सरकारले गत बैशाखदेखि इन्धन प्यासेन्जर सवारीमा लगाएको आयात प्रतिबन्धका कारण गाडीहरु आयात हुन सकेको थिएन।

Tata
GBIME

तर गत पुस महिनादेखि सरकारले आयात प्रतिबन्ध हटाएपछि नेपालमा अटो व्यवसायीले इन्धन गाडी आयात गर्न थालेका हुन्।

यो सात महिनामा ११ सय ३ युनिट इन्धन गाडी आयात भएका छन्। यसमा १ अर्ब ३९ करोड ४८ लाख रुपैयाँ पैसा बाहिरिएको छ। यसबाट सरकारले ३ अर्ब ४५ करोड ५८ लाख रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ।

यसमा १५०० देखि २००० सीसीसम्मको पेट्रोल गाडी १९ युनिट आयात भएका छन्। यस्तै १५०० देखि २५०० सीसीसम्मको डिजल गाडी ३२२ युनिट आयात भएको छ।

यसैगरी विभागका अनुसार १००० देखि १५०० सीसीसम्मको ५२९ युनिट पेट्रोल गाडी आयात भएका छन्। अन्य १००० सीसी क्षमताको २३३ युनिट इन्धन प्यासेन्जर गाडी आयात ऐएका छन्।  

यस्तै ७ अर्ब २९ करोड ४८ लाख बराबरको ७१ हजार ३२ युनिट दुई पाङ्ग्रे सवारी आयात भएका छन्। यसबाट सरकारले ७ अर्ब ५३ करोड ७३ लाख बराबरको भन्सार शुल्क संकलन गरिएको छ।

नेपालमा एसेम्ब्ली गर्ने कम्पनीहरु बजाज, टीभीएस र हिरोले २५ हजार ५८९ युनिट बाइक र स्कुटर आयात भएका छन्।


Sunrise Bank