नेपालमा नियमन गर्न लागिएको राइड सेयरिङ सेवा भारतमा भने संचालन गर्न रोकिँदै

बिजमाण्डू
२०७९ फागुन १० गते १५:२८ | Feb 22, 2023
नेपालमा नियमन गर्न लागिएको राइड सेयरिङ सेवा भारतमा भने संचालन गर्न रोकिँदै


काठमाडौं। नेपालमा नियमन गर्न लागिएको राइड सेयरिङ सेवा भारतमा भने रोक लगाइएको छ। मंगलबार दिल्ली यातायात विभागले राइड सेयरिङ सेवा दिने कम्पनीहरूलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो। 

Tata
GBIME
NLIC

भारतको सवारी यातायात ऐन १९८८ का अनुसार दुई पाङ्ग्रे सवारीले व्यावसायिक उद्देश्यका लागि प्रयोग गरेर यात्रु बोक्न नपाइने निमय उल्लंघन गरेको भन्दै राइड सेयरिङ सेवा बन्द गराउने निर्णयमा पुगेको विभागले जनाएको छ।

उक्त ऐनमा दुई पाङ्ग्रे सवारी सधानले गैरव्यावसायिक नम्बर प्लेटमा भाडाका यात्रु ओसारपसार गर्ने गतिविधिमा संलग्न हुन नपाउने उल्लेख गरिएको छ।

नेपालमा पनि राइड सेयरिङ सेवा संचालनका लागि तयार पारिएको मापदण्डमा पनि यसै विषयलाई लिएर विवाद छ। यसै विषयमा सरकारले ठोस निर्णय नदिँदा यसलाई नियमन गर्ने मापदण्डको कार्यविधि नै अलपत्र भइहरको छ।

विभागले दिल्ली न्यू नेशनल क्यापिटल रिजन (एनसीआर)मा राइड सेयरिङ सेवा बन्द गराउने जानकारी दिएको छ। विभागले एनसीआरमा संचालन गर्दै आएका र्यापिडो, उबर र ओलाले भारतको राजधानी नयाँ दिल्लीमा बाइक तथा स्कुटर भाडामा चलाएर ऐनको उल्लंघन गरेको भन्दै राइड सेयरिङ कम्पनीहरूको सेवामा रोक लगाउने भएको हो।

विभागले अबदेखि यसको उल्लंघन गरी निजी बाइक तथा स्कुटरमा राइड सेयरिङ सेवा संचालन गर्नेलाई भारु १ लाखसम्म जरिवाना गर्ने बताएको छ।