‘सेटलमेन्ट ग्यारेन्टी फन्ड’ कार्यान्वयनमा, ब्रोकर कम्पनीहरुले सापटी लिन भने बाँकी

२०७९ फागुन ३ गते १५:२०
‘सेटलमेन्ट ग्यारेन्टी फन्ड’ कार्यान्वयनमा, ब्रोकर कम्पनीहरुले सापटी लिन भने बाँकी


काठमाडौं। सेटलमेन्ट ग्यारेन्टी फन्ड कार्यान्वयनमा आएको छ। सेयर खरिद बिक्रीका क्रममा ब्रोकरहरुलाई रकम व्यवस्थापनका लागि खडा गरिएको यो कोष कार्यान्वयनमा आएको हो।

TATA
GBIME

पुस २१ गतेबाट कार्यान्वयनमा आएको कोषबाट ब्रोकरहरुले पैसा लैजान भने थालिसकेका छैनन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएससी र ब्रोकरहरुको संयुक्त लगानीमा कोष बनेको हो। कोषको रकम आवश्यकता अनुसार निश्चित ब्याजदर तिरेर ब्रोकरहरुले प्रयोग गर्न पाउनेछन्।

अहिले यो कोषको आकार ४ करोड माथिको छ। नेप्से, सीडीएससी र ब्रोकरहरुको एउटा समितिले कार्यविधि पास गरेपछि कोष कार्यान्वयनमा आएको हो।

कार्यविधिअनुसार ब्रोकरहरुले चाहेको अवस्थामा यो कोषले उपलब्ध गराउने निश्चित पैसा निश्चित समयका लागि उपयोग गर्न पाउँछन्। नेप्सेका अनुसार यो कोषको रकम एक ब्रोकरले अधिकतम एक हप्ताका लागि प्रयोग गर्न पाउनेछन्। त्यसपछि ब्याजसहित पुनः कोषमा फिर्ता जम्मा गर्नु पर्नेछ।

कोष उपयोग गर्न ब्रोकरले के कति रकम कति समयका लागि उपयोग गर्ने भन्ने खुलाइ कोषका लागि बनेको कमिटीमा सम्झौता गर्नु पर्छ।

एउटा ब्रोकरले पछिल्लो लेखापरीक्षण भएको खुद सम्पत्तिको २० प्रतिशत अथवा राफसाफ प्रत्याभूति कोषको जम्मा रकमको १० प्रतिशत वा सो सेटलमेन्ट आइडीसँग सम्बन्धित कुल खरिद कारोबार रकमको ७५ प्रतिशतमध्ये जुन कम हुन्छ एक पटकमा सो बराबरको रकम कोषबाट प्राप्त गर्न सकिन्छ।

नेप्सेका सहायक प्रबन्धक सागर ढुंगेलका अनुसार हालसम्म कुनै पनि ब्रोकर कम्पनीले कोषको रकमका लागि आवेदन दिएका छैनन्।


Sunrise Bank