लक्ष्मी लघुवित्तले चुक्ता पुँजी बढाउँदै, बोनस सेयर पारित गर्न डाक्यो साधारण सभा

बिजमाण्डू
२०७९ फागुन ३ गते १०:१२ | Feb 15, 2023
लक्ष्मी लघुवित्तले चुक्ता पुँजी बढाउँदै, बोनस सेयर पारित गर्न डाक्यो साधारण सभा


काठमाडौं। लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २९ गते वार्षिक साधारण सभा डाेकेको छ। सभा काठमाडौंमा आयोजना हुँदैछ।

Tata
GBIME
NLIC

सभाले लाभांशबाहेक अन्य नियमित एजेन्डा पारित गर्दैछ। गत आर्थिक वर्षका लागि लघुवित्तले २० प्रतिशत लाभांश दिने प्रस्ताव बारे सभाले छलफल गर्नेछ। 

लघुवित्तले गत आवको नाफाबाटै चुक्ता पुँजी वृद्धि गर्ने भएको हो। ५ करोड ७६ लाख रुपैयाँले चुक्ता पुँजी बढ्दैछ। प्रस्तावित लाभांशमध्ये १५ प्रतिशत बोनस सेयर हो। 

बाँकी कर प्रयोजनका लागि नगद दिँदैछ। अहिले लक्ष्मी लघुवित्तको चुक्ता पुँजी ३८ करोड ४० लाख रुपैयाँ छ।

उपयुक्त संस्था भेटिएमा मर्जर सम्बन्धि कार्य गर्न सभाले सञ्चालक समितिलाई अधिकार दिँदैछ। यस बाहेक लघुवित्तमा लक्ष्मी बैंकको संस्थापक सेयरलाई पनि साधारणमा परिवर्तन गर्ने एजेन्डा पारित हुँदैछ।

लाभांश र साधारण सभा प्रयोजनका लागि फागुन १७ गते बुक क्लोज गर्ने जनाएको छ।