ङादी ग्रुप पावरको लाभांश दर ह्वात्तै घट्यो, सेयरधनीलाई ५% दिने प्रस्ताव

बिजमाण्डू
२०७९ फागुन १ गते १५:३६ | Feb 13, 2023
ङादी ग्रुप पावरको लाभांश दर ह्वात्तै घट्यो, सेयरधनीलाई ५% दिने प्रस्ताव

काठमाडौं। ङादी ग्रुप पावरको लाभांश दर ह्वात्तै घटेको छ। पोहोर २१.०५ प्रतिशत लाभांश दिएको ङादी ग्रुप पावरले गत आवका लागि भने ५ प्रतिशत मात्र लाभांश प्रस्ताव गरेको हो।

Tata
GBIME

प्रस्तावित लाभांशमध्ये संचालक समितिले ४.७५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ। बाँकी कर प्रयोजनका लागि नगद हो।

बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी ८ करोड ३९ लाख रुपैयाँले बढ्नेछ। अहिले चुक्ता पुँजी एक अर्ब ७६ करोड ७३ लाख रुपैयाँ छ।

लाभांश विद्युत नियमन आयोग र कम्पनीको साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन्।