विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास, लागत साढे तीन अर्ब

बिजमाण्डू
२०७९ फागुन १ गते १२:११ | Feb 13, 2023
विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास, लागत साढे तीन अर्ब


काठमाडौं। विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास भएको छ। सोमबार पर्यटन मन्त्री सुदन किँरातीले यो विमानस्थलको शिलान्यास गरेका हुन्।

Tata
GBIME
NLIC

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले एयर ट्राफिकलाई हेरेर नयाँ टर्मिनल निर्माण गर्न लागिएको बताए। ६ दशकसम्मको ट्राफिक हेरेर टर्मिनल निर्माण गरिन लागेको उनले जिकिर गरे।

विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणको ठेक्का केसी डाँफे जेभीले पाएको छ। हाल १५ सय मिटर लम्बाई रहेको यो विमानस्थलमा एटीआर-७२ सिरिजका जहाजले नियमित उडान गर्दै आएका छन्। मुलुकको आन्तरिक विमानस्थल मध्ये यो विमानस्थलमा चाप बढी छ।

उनले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल स्तरको बनाउनका लागि  धावनमार्गको लम्बाई २५ मिटरको बनाउने बताए।

१५ हजार स्क्वायरमिटर ओगट्ने अत्याधुनिक टर्मिनल भवनमा लाउन्ज सहितको कमर्सियल कम्प्लेक्स पनि बन्ने निरौलाले बताए।