
काठमाडौं। अडानी समूहले आफ्नो आम्दानी वृद्धि लक्ष्य आधा घटाएको छ। ब्लूमबर्ग न्यूजका अनुसार अडानी समूहले नयाँ पुँजीगत खर्च घटाउने पनि योजना बनाएको छ।
अमेरिकी अनुसन्धान संस्था, हिन्डेनबर्गले जनवरी २४ मा अडानीको स्वामित्वमा रहेका केही कम्पनीहरुले जाली वित्तीय विवरण र सेयर मूल्यमा चलखेल गरेको भन्दै प्रतिवेदन सार्वजनिक गरेको थियो।
यस लगत्तै अर्बपति गौतम अडानीद्वारा सञ्चालित पब्लिक कम्पनीहरूले बजारबाट १०० अर्ब डलर बढी गुमाएका छन्। अडानी समूहले हिन्डेनबर्ग संस्थाले लगाएको सम्पूर्ण आरोपको खण्डन गरेको छ।
अडानी समूहले अब कम्तिमा अर्को आर्थिक वर्षको लागि ४० प्रतिशतकूो मूल आम्दानी वृद्धि लक्ष्यलाई घटाएर १५ प्रतिशतदेखि २० प्रतिशतसम्मको नयाँ लक्ष्य लिएको छ।
रिपोर्ट अनुसार अडानी समूहले तीन महिनाको लागि लगानीमा रोक लगाउँदा तीन अर्बसम्म बचत गर्न सक्ने उल्लेख छ। अडानी समूहका थुप्रै योजनाहरू कार्यान्वयन हुने क्रममा छन्। थप विवरण नदिई यो रिपोर्टलाई अडानी समूहका प्रवक्ताले ‘निराधार, काल्पनिक’ भएको बताए।
अडानी समूहले आफैले रद्द गरेको २.५ अर्ब डलरको एफपीओ बिक्रीमा केही लगानीकर्ताहरूसँगको आफ्नो लिंकमा भारतको बजार नियामकको अनुसन्धानमा पनि परेको छ।
यो महिनाको सुरुमा भारतको कर्पोरेट मामिला मन्त्रालयले समूहको वित्तीय विवरण हेरिरहेको छ। (रोयटर्सबाट साभार)