आम्दानी सामान्य घटेको नेपाल टेलिकमको नाफा ९.१६% वृद्धि, प्रतिसेयर आम्दानी ४७.२८ रुपैयाँ

बिजमाण्डू
२०७९ माघ २९ गते ०९:३२ | Feb 12, 2023

काठमाडौं। आम्दानीमा सामान्य गिरावट आए पनि नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को नाफा ९.१६ प्रतिशत बढेको छ।

Tata
GBIME
Nepal Life

टेलिकमले चालु आवको ६ महिनामा ४ अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ८९ करोड रुपैयाँ नाफा गरेको थियो।

कम्पनीले पुससम्ममा सेवा उपलब्ध गराए बापत १८ अर्ब ७ करोड रुपैयाँ आर्जन गरेको छ। जुन पोहोर भन्दा झन्डै ६ प्रतिशत कम हो। व्यापार गरेर पोहोर १९ अर्ब २० करोड कमाएको थियो। कम्पनीले अन्य स्रोतबाट ४ अर्ब २ करोड रुपैयाँ कमाएको हो। एकीकृत आम्दानी २२ अर्ब १० करोड रुपैयाँ छ। अघिल्लो वर्षमा २१ अर्ब ९८ करोड रुपैयाँ थियो।

कम्पनीले कुल ७ अर्ब ८३ करोड रुपैयाँ खर्च गरेको छ। जसमध्ये अपरेसन तथा मेन्टेनेन्समा ३ अर्ब ४४ करोड र कमर्चारी सेवा सुविधाका लागि ३ अर्ब ५८ करोड रुपैयाँ खर्च गरेको छ।

कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ छ। पुस अन्त्यसम्ममा जगेडा कोषमा ७४ अर्ब ३२ करोड रुपैयाँ संकलन भएको छ। पोहोर पुसमा जगेडा कोषमा ७७ अर्ब २६ करोड रुपैयाँ थियो।

कम्पनीको प्रतिसेयर आम्दानी ४७.२८ रुपैयाँ पुगेको छ भने प्रति सेयर नेटवर्थ ५१२.९२ रुपैयाँ छ।