बेलायतमा सेकेन्ड ह्यान्ड कारको बिक्री घट्यो, नयाँ गाडीको उत्पादन ३० वर्ष यताकै न्यून

२०७९ माघ २८ गते ११:०३
बेलायतमा सेकेन्ड ह्यान्ड कारको बिक्री घट्यो, नयाँ गाडीको उत्पादन ३० वर्ष यताकै न्यून


काठमाडौं। बेलायतमा सवारीसाधानको विकल्प नहुँदा सेकेन्ड ह्यान्ड कारको बिक्री घटेको छ। सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एण्ड ट्रेडर्स (एसएमएमटी) का अनुसार सन् २०२२ मा ६९ लाख सेकेन्ड ह्यान्ड कारहरूको कारोबार भएको।

TATA
GBIME

सन् २०२१मा ७५ लाख सेकेण्ड ह्यान्ड कारको बिक्री भएको थियो।

एसएमएमटीले सेकेन्ड ह्यान्ड कारहरूको बिक्री गत वर्ष तीव्र रूपमा घटेको बताएको छ। किनभने नयाँ गाडीहरु बजारमा धेरै कम देखिएका छन्। नयाँ मोडेलहरू बजारमा नआउँदा मानिसहरुले सेकेन्ड ह्यान्ड गाडीको विकल्प कम छन्। त्यसैले मानिसहरु सेकेन्ड ह्यान्ड गाडीको खरिद गर्न इच्छुक नदेखिएका एसएमएमटीले जनाएको छ।

कोराना माहामारीले गर्दा गाडीका लागि आवश्यक पार्टपुर्जाहरूको अभावका कारण विश्व बजारमा नयाँ कारहरुको उत्पादनमा धेरै कमी आएको थियो। महामारीको समयमा सबै कार डिलरसीपहरू बन्द थिए र उत्पादन लाइनहरू पनि बन्द थिए। यसले उत्पादनमा धेरै असर गरेको थियो।

यस्तै विश्व बजार विद्युतीय सवारी तिर गएकाले पनि नयाँ सवारी धेरै जसो विद्युतीय मात्र रहेका छन्। एसएमएमटीले इलेक्ट्रिक गाडीको बिक्रीले पनि सेकेन्ड-ह्यान्ड गाडीको व्यापार कम गरेको बताएको छ।

गत वर्ष सेकेन्ड-ह्यान्ड कार बिक्रीमा समग्र गिरावटको बावजुद धेरै प्रयोग गरिएका इलेक्ट्रिक कारहरूले बिक्री भएका छन्। ७१ हजार ७१ युनिट विद्युतीय सवारी साधनहरू बिक्री भएको छ।  

विद्युतीय सवारीसाधनले सेकेन्ड ह्यान्ड कार बजारको सानो हिस्सा मात्रै ओगटेको छ। एसएमएमटीका अनुसार २०२२ मा बेचेको सबैभन्दा लोकप्रिय सेकेन्ड-ह्यान्ड मोडेल फोर्ड फिएस्टा थियो। त्यसपछि भक्सहल कोर्सा र फक्सवागन गल्फ रहेका छन्।

त्यसपछि अर्को विश्व बजारमा कम्प्युटर चिप्सको अभाव हुन थाल्यो। यसले पनि गाडी उत्पादनमा धेरै असर गरेको थियो। जुन सामान्यतया आधुनिक सवारी साधनहरूमा प्रयोग गरिन्छ।

यसले नयाँ कार बजारलाई हिट गर्‍यो। जसका कारण २०२२ मा नयाँ कारको बिक्री ३० वर्ष यताकै न्युनमा झर्‍यो।

कार म्यागजिन अटो ट्रेडरका अनुसार जनवरीमा सेकेन्ड ह्यान्ड प्रयोग गरिएको फिएट पाण्डाको औसत मूल्य ५ हजार ७६५ पाउन्ड थियो। यो एक वर्ष अघिको तुलनामा १८.७ प्रतिशत मूल्य बढी हो। जबकी टोयोटा एभेन्सिसको मूल्य ५ हजार ८२५ थियो। यसको पनि १७.९ प्रतिशतले माथि हो।

तर सेकेन्ड-ह्यान्ड सुजुकी भिटाराको मूल्य १४ हजार ७८६ पाउन्ड थियो। यसको मूल्य भने ९ प्रतिशतले घटेको छ। जबकी स्कोडा यतिको मूल्य ९ हजार ८९३पाउन्ड रहेको छ। यसको पनि ९.४ प्रतिशतले मूल्य तल झरेको थियो।


Sunrise Bank