बजारको अपेक्षाविपरीत १२ करोडको मार्जिन कर्जा फेरिएन, अर्धवार्षिक समीक्षामा जोखिम भार पनि यथावत

२०७९ माघ २७ गते १०:५५
बजारको अपेक्षाविपरीत १२ करोडको मार्जिन कर्जा फेरिएन, अर्धवार्षिक समीक्षामा जोखिम भार पनि यथावत


काठमाडौं। सेयर बजारले अपेक्षा गरेको १२ करोडको मार्जिन कर्जाको नीतिमा नेपाल राष्ट्र बैंकले कुनै परिवर्तन नगर्ने भएको छ।

TATA
GBIME

शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले ऋणीलाई ऋण तिर्ने समयमा लचकता अपनाए पनि सेयर बजार र घरजग्गामा कुनै पनि नीति नफर्ने भएको हो।

पछिल्ला दिन सेयर बजार मौद्रिक समीक्षाले अपनाउने लचकता प्रति विश्वश्त भएर लय तय गरिरहेको थियो। जोखिम भार परिमार्जन भएर १०० प्रतिशतमा झार्ने र १२ करोडको कर्जा लिमिटलाई बढाउने चर्चा बजारमा थियो। जसकारण लगानीकर्ता समीक्षाको तिव्र पर्खाइमा रहँदा उल्लेख्य उतारचढाव बजारमा देखिन छाडेको थियो।

बुधबार समीक्षा अनुकुल आउने चर्चाले दिनभर रातो भएको बजार अन्तिम प्रहरमा दोहोरो अंकले बढेको थियो। यद्दपि अपेक्षाविपरित समीक्षा सार्वजनिक भएको छ। १२ करोडको मार्जिन कर्जा र १५० प्रतिशतको जोखिम भार राष्ट्र बैंकले यथावत राखेको छ।


Sunrise Bank