युनिलिभरको बिक्री वृद्धिदर अपेक्षितभन्दा माथि, अझै केही महिना बजार कारोबार जटिल

२०७९ माघ २७ गते १०:३९
युनिलिभरको बिक्री वृद्धिदर अपेक्षितभन्दा माथि, अझै केही महिना बजार कारोबार जटिल


काठमाडौं। युनिलिभर पीएलसीको चौथो त्रैमासमा विश्लेषकहरूको अपेक्षा गरेको भन्दा बिक्रीमा वृद्धि भएको छ। मुद्रास्फीतिले गर्दा सृजना भएको कम माग तथा बढ्दो खर्चलाई सम्बोधन गर्दै युनिलिभरले  डिटर्जेंट, साबुन र प्याकेज्ड खाना लगायतको आफ्नो उत्पादनहरूको मूल्य बढाएको थियो।

Tata
GBIME

जसले मुद्रास्फीतिले उत्पन्न भएको कम मागलाई अफसेट गर्न मद्दत गरेको छ। सन् २०२२ को अन्तिम तीन महिनामा युनिलिभरको बिक्री वृद्धिदर ९.२१ प्रतिशत छ। यो तथ्यांक ब्लूमबर्गले अनुमान गरेको  वृद्धिदर ९.२१ प्रतिशत भन्दा केही कम मात्र हो। 

बेन एन्ड जेरीस आइसक्रिम र डोभ साबुन लगायतका उपभोक्ता वस्तुहरू उत्पादन गर्ने युनिलिभरले त्रैमासिक मूल्य १३.३ प्रतिशतले बढाएको थियो भने यस अवधिमा बिक्रीमा ३.६ प्रतिशतले गिरावट आएको छ।

लन्डनमा रहेको यस कम्पनीले सन् २०२३मा लागत मुद्रास्फीति जारी रहने अपेक्षा गर्दै यो वर्षको पहिलो ६ महिनामा लगभग १.६ अर्ब डलरको खुद सामग्री मुद्रास्फीतिको पूर्वानुमान गरेको छ। 

प्याकेज्ड सामाग्री उद्योगले सूर्यमुखी तेलदेखि गहुँसम्म सबै चीजको बढ्दो लागतको सामना गर्न गत वर्षमा तीव्र रूपमा मूल्य बढाएको छ। यस उद्योगले पहिले नै कोरोना काल तथा रूस युक्रेन युद्धले उत्पन्न गरेको सप्लाई चेन तथा उच्च कच्चा मालको खर्चसँग लडिरहेको थिए।

‘यस वर्षको पहिलो ६ महिनामा, अन्तर्निहित मूल्य वृद्धि उच्च रहनेछ र भोल्युम वृद्धि नकारात्मक हुनेछ,’ युनिलिभरले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मूल्यवृद्धि केही कम भएसँगै सेल्स भोल्युममा सुधार आउनेछ। तर, दोस्रो हाफमा भोल्युम सकारात्मक हुनेछ भनेर अहिले नै भन्ने अवस्था भने छैन।’

यद्यपि, युरोपका केही कम्पनीहरूले ऊर्जा र अन्य कच्चा पदार्थको बढ्दो लागत कम भएकाले उपभोक्ताहरूलाई सम्भावित रूपमा केही राहत प्रदान गर्ने भएकाले हालैका वर्षहरूमा लागू गरिएको मूल्यवृद्धिलाई हटाउन सक्ने बताएका छन्। (रोयटर्सबाट साभार)


Sunrise Bank