
काठमाडौं। नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई विभिन्न उपकरणहरु सहयोग प्रदान गरेको छ।
बुधबार नाडाले ट्राफिक प्रहरी कार्यालयका प्रमुख मीरा चौधरीलाई सो उपकरणहरु प्रदान गरिएको जनाएको छ। नाडाले राजधानीको सेन्ट्रल ट्राफिक मोनिटरिङका लागि ५ थान हाईटेक एडभान्स सीपीयु तथा त्योसँग सम्बन्धित उपकरणहरु हस्तान्तरण गरेको छ।
त्यसै क्रममा नाडाले सय थान ट्राफिक रिफलेक्टर ज्याकेट पनि हस्तान्तरण गरेको जनाएको छ।
कार्यक्रममा नाडाका अध्यक्ष थापाले नाडाको सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग प्रदान गरिएको बताए।
थापाले राजधानीको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन विगतदेखि नै विभिन्न भौतिक सहयोग प्रदान गर्दे आएको बताए।प्रमुख चौधरीले नाडाको सहयोगले ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने बताए।
कार्यक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, सदस्यद्वय प्रकाश कपुरी तथा पुष्कर ओझाको उपस्थिति थियो।