बीमा शुल्क आर्जनमा कमि आएपनि रिलायबल नेपाल लाइफको नाफा २२ प्रतिशत बढ्यो

२०७९ माघ २६ गते ०९:२९
बीमा शुल्क आर्जनमा कमि आएपनि रिलायबल नेपाल लाइफको  नाफा २२ प्रतिशत बढ्यो


काठमाडौं। बीमा शुल्क आर्जनमा कमी आएपनि रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा झन्डै २२ प्रतिशत बढेको छ। इन्स्योरेन्सले चालु आवको ६ महिनामा २२ करोड खुद नाफा कमाएको हो। पोहोर पुसमा १८ करोड रुपैयाँ कमाएको थियो।

TATA
GBIME

तर इन्स्योरेन्सको बीमा शुल्क आर्जनमा १०.७४ प्रतिशतको कमि आएको छ। पोहोर एक अर्ब ९२ करोड खुद बीमा शुल्क आर्जन गरेकोमा अहिले एक अर्ब ७२ करोड रुपैयाँ मात्र छ।

इन्स्योरेन्सको अन्य स्रोतको आय १९.२२ प्रतिशतको वृद्धि देखिन्छ। बीमालेख धितोमा राखेर कर्जा दिँदा इन्स्योरेन्सको आम्दानी ६० प्रतिशत बढेको छ। बीमालेख धितोमा कुल २१ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ।

अभिकर्तालाई दिने कमिसन घटेर २४ करोड ८० लाख रुपैयाँमा सीमित छ। पोहोर २८ करोड ९३ लाख रुपैयाँ दिएको थियो।

दावी भुक्तानीमा पनि वृद्धि छ। पोहोर ४० करोड २४ लाख रुपैयाँको दाबी बापत भुक्तानी गरेको रिलायबल नेपाल लाइफले यस पछक ४८ करोड ३० लाख रुपैयाँ दिएको छ।

खराब बीमालेखका लागि गरिएको जोखिम व्यवस्थापनको रकम ३ करोड ८८ लाख रुपैयाँ छ। र कर्मचारीको बोनसमा पनि वृद्धि देखिन्छ। व्यवस्थापनको लागत पनि बढेको हो।

पुससम्म इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। आधारचूत सेयरधनीलाई कम्पनीले १०० प्रतिशत हकप्रद बेचेको थियो।

यस्तै, जगेडा तथा कोषमा २८ प्रतिशतको वृद्धि छ। जीवन बीमा कोष झन्डै ५६ प्रतिशतले बढेको हो।


Sunrise Bank