जगदम्बा मोटर्सले ल्यायो भ्यालेन्टाइन डेलक्षित ‘टीभीएस लभ एक्सप्रेस’ योजना, नगद छुट पाइने

२०७९ माघ २५ गते १६:५८
जगदम्बा मोटर्सले ल्यायो भ्यालेन्टाइन डेलक्षित ‘टीभीएस लभ एक्सप्रेस’ योजना, नगद छुट पाइने


काठमाडौं। टीभीएस दुई पांग्रेको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसरमा ‘टीभीएस लभ एक्सप्रेस’ योजना ल्याएको छ।

TATA
GBIME

कम्पनीले यस योजनालाई माघ २४ गतेदेखि सुरु गरिएको जनाएको छ। यो योजना फागुन २६ गतेसम्म लागु हुने कम्पनीको भनाइ छ। कम्पनीका अनुसार यो योजना टीभीएसका स्कुटरहरुमा मात्र लागु हुनेछन्।  

यसमा कम्पनीले ‘एक्सप्रेस द पावर अफ लभ’ थिम राखेको छ। अफर अन्तर्गत ग्राहकहरुले टीभीएस जुनसुकै मोडलको नयाँ स्कुटर खरिद गर्दा ६ हजारसम्मको नगद छुट पाउने छन्।

यस्तै यस योजनामा २५ प्रतिशत डाउनपेमेन्टमा स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ। यसको ब्याजदर भने ११.९९ प्रतिशत रहेको छ। मासिक किस्ता करिब ४ हजार रुपैयाँ मात्र तिर्नुपर्ने सुविधा मिलाइएको छ।

टीभीएसको स्कुटरको मूल्य २ लाख ७ हजार ९०० देखि सुरु रहेको छ।


Sunrise Bank