ललितपुर महानगरपालिकाको कर अब आइएमई पेमार्फत तिर्न सकिने, सम्झौतामा भयो हस्ताक्षर

बिजमाण्डू
२०७९ माघ २५ गते १५:०९ | Feb 8, 2023
ललितपुर महानगरपालिकाको कर अब आइएमई पेमार्फत तिर्न सकिने, सम्झौतामा भयो हस्ताक्षर

काठमाडौं। ललितपुर महानगरपालिकाका स्थानीयबासीहरुले अब आइएमई पेमार्फत कर तिर्न सक्ने भएका छन्।

Tata
GBIME
Nepal Life

जसका लागि आइएमई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। सम्झौता अनुसार विद्युतीय कर भुक्तानीमा महानगरपालिकाले आइएमई पेको प्रयोग गर्ने बताइएको छ।

सो सेवा आइएमई पे एपमा लाइभ भएपछि ललितपुर महानगरपालिकाका स्थानीय बासिन्दाहरुले स्थानीय सरकारलाई तिर्नुपर्ने घरबहाल कर, सम्पत्ति कर र व्यवसायिक करहरु सजिलै आइएमई पे एपबाट तिर्न सक्ने आइएमई पेले जनाएको छ।

सम्झौता पत्रमा ललितपुर महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले हस्ताक्षर गरेका छन्।

नेपाल सरकारको घोषित डिजिटल नेपाल अभियानमा स्थानीय तहको सरकारसँग सहकार्य गर्न पाउँदा आइएमई पेले खुसी व्यक्त गरेको छ।