राजनीतिक अनिश्चयले बजारमा अन्योल, तरलता बढ्दा पनि आत्मबल बढ्न सकेन

बिजमाण्डू
२०७९ माघ २२ गते १५:३१ | Feb 5, 2023
राजनीतिक अनिश्चयले बजारमा अन्योल, तरलता बढ्दा पनि आत्मबल बढ्न सकेन

काठमाडौं। राजनीतिक अनिश्चयले अलमलमा परेको बजारले मौद्रिक समीक्षा कुर्दा सूचकहरु सकारात्मक बन्न सकेका छैनन्। अघिल्लो साताभर रातो भएको बजार आइतबार सामान्य भने बढेको छ।

Tata
GBIME
Nepal Life

दिनभरीजस्तै रातो भएको बजार अन्तिमतिर हरियो भएर बन्द भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा हुने/नहुने, त्यसले गर्दा सरकारको भविष्य के हुनेजस्ता अलमल अहिले छ। यही अलमलले लगानीकर्ता पैसा लगाउन तयार देखिएका छैनन्। संस्थागत लगानीकर्ता पनि निष्क्रिय देखिएका छन्।

अर्कोतिर सेयर बजारले मौद्रिक समीक्षालाई कुरिरहेको छ। फागुनको पहिलो साता आउने समीक्षाले सेयर बजार लक्षित कस्तो नीति लिने हो? ऋण प्रवाहका लागि कत्तिको सहजीकरण गर्ने हो भन्ने यकिन छैन। यही अलमलले गर्दा बजारले लय समात्न सकेको छैन।

पछिल्ला दिन तरलतामा सुधार भएको छ। अन्तर बैंक ब्याजदर घटेको छ। बैंकहरुको ऋण दिने क्षमतामा पनि वृद्धि भएको छ। तर यहीबेला महँगो ब्याजका कारण ऋणको माग छैन।

आइतबार बजार सूचक १.५४ अंकले बढेर २०९६.०८ विन्दुमा पुगेको छ। तर लगानीकर्ता पर्ख र हेरको अवस्था भएकाले बिहीबारको तुलनामा कारोबार भने सामान्यतया खस्किएको छ।

साथै आउने दिनहरुमा ब्याजदर सहज हुने भएकाले बजार लामो समयसम्म नघट्ने उनले बताए।

फलस्वरुप आइतबार बजार अन्तत सामान्य अंकले बढेर बन्द भएको छ। आज बजार १.५४ अंकले बढेर २०९६.०८ बिन्दुमा पुगेको छ। तर लगानीकर्ता पर्ख र हेरको अवस्था भएकाले बिहीबारको तुलनामा कारोबार भने सामान्यतया खस्कीएको छ।

आइतबार १ अर्ब ९३ करोड बराबरको सेयर कारोबार भएको हो। गत बिहीबार २ अर्ब ९ करोड माथिको सेयर कारोबार भएको थियो।

आज कारोबारका आधारमा नेपाल लाइफ इन्सयोरेन्स कम्पनी अग्र स्थानमा छ। आइतबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनासम्म नाफामा उल्लेख्य नाफा कमाएको कम्पनीमा आज खरिदकर्ता बढेका हुन्।

यस्तै आज पनि आदर्श लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। लघुवित्तले नेप्सेमा सूचीकृत भएकै पहिलो वर्ष गत आर्थिक वर्षको मुनाफाबाट २१ प्रतिशत लाभांशको घोषणा गरेको थियो।