
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले कोहलपुर-नेपालगंज १३२ केभी विद्युत प्रसारणलाइन निर्माण गर्ने भएको छ।
बाँकेको बैजनाथ गाउँपालिका-५ रंगिलाचोकदेखि कोहलपुर-महेन्द्रनगर १३२ केभी डबल सर्किट प्रसारणलाइन निर्माण गर्न लागेको हो।
डबल सर्किट लाइनलाई मल्टी सर्किट टावर मार्फत लुप इन लुप आउट गर्ने गरी निर्माण गरिनेछ। यस आयोजना अन्तर्गत जानकी गाउँपालिकामा १३२/३३/११ केभीको जानकी सबस्टेसन निर्माण गरिनेछ। यो प्रसारणलाइनले २०० मेगावाटसम्म विद्युत प्रसारण गर्न सक्छ।
विद्युत विकास विभागले सूचना प्रकाशित गरेर आयोजना निर्माण र संचालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेश गर्न आग्रह गरेको छ।
प्रसारणलाइनको लम्बाइ करिब ११ किलोमिटर हुनेछ। जसमा १५ वटा एङगल टावर र १९ वटा सस्पेन्सन टावर रहनेछ। जमिनको सतहबाट टावरको उचाइ ३२ देखि ४० मिटरसम्म हुनेछ।
टावरहरुबीचको दुरी १७१ मिटरदेखि ३६६ मिटरसम्म हुनेछ। प्रसारणलाइनको क्षेत्राधिकार न्युनतम दुरीमा नघटाइ १८ मिटर हुनेछ। मध्यबिन्दुबाट ९/९ मिटर दायाँ/बायाँ कायम हुनेछ।
प्रसारणलाइन आर्थिक वर्ष २०८२/०८३ मा पूरा गर्ने लक्ष्य छ।