जगदुल्ला जलविद्युत आयोजनाले परामर्शदाताका लागि निकालेको ठेक्कामा ६ कम्पनी सर्टलिष्ट

बिजमाण्डू
२०७९ माघ २० गते २०:२१ | Feb 3, 2023
जगदुल्ला जलविद्युत आयोजनाले परामर्शदाताका लागि निकालेको ठेक्कामा ६ कम्पनी सर्टलिष्ट

काठमाडौं। जगदुल्ला हाइड्रोपावर कम्पनीले परामर्शदाताका लागि निकालेको ठेक्कामा ६ वटा कम्पनी सर्टलिष्ट भएका छन्।

Tata
GBIME
Nepal Life

कम्पनीले परामर्शदाताका लागि निकालेको ठेक्कामा आवेदन दिएका ६ वटै कम्पनी प्राविधिक प्रस्तावमा पास भएर सर्टलिष्ट भएका हुन्। कम्पनीका अनुसार डोल्सार/वापकोस जेभी, फिचनर/जेड/लोमबर्दी जेभी, पिनी बिडार/इप्टिसा जेभी, स्मेक/एचसीइ/आइटीसीइओ जेभी, ट्रयाकवेल इन्जिनियरिङ प्रालि, वाइआरइसी/युइसी जेभी रहेका छन्।

कम्पनीले गत साउन अन्तिम साता परामर्शदाता छनोटका लागि ठेक्का निकालेको थियो। ठूला ठेक्काहरुमा प्राविधिक सहयोगका लागि परामर्शदाता नियुक्त गर्नुपर्छ। तीन महिनाभित्र मूल्यांकन सक्ने योजना र प्राविधिक प्रस्तावमा पास हुने कम्पनीको आर्थिक प्रस्ताव खोलिनेछ। सबैभन्दा कम कवोल गर्ने कम्पनीले ठेक्का पाउनेछ।

परामर्शदाताका रुपमा छानिने कम्पनीले ठेक्का व्यवस्थापन, निर्माण कार्यको सुपरभिजन, आयोजनाको विस्तृत अध्ययन, रिभ्यु, अन्तिम रुप दिने, बिडिङ डकुमेन्टका लागि सहयोग लगायतका प्राविधिक काम गर्नु पर्नेछ।

प्रस्तावित जगदुल्ला जलविद्युत आयोजना डोल्पाको जगदुल्ला नदीमा निर्माण हुनेछ। १०६ मेगावाटको यो अर्ध-जलाशययुक्त आयोजना हो। आयोजनाको विस्तृत अध्ययन र डिजाइन भइसकेको छ। नेपाल विद्युत प्राधिकरण मातहतको एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडले  विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको हो।

अहिले आयोजनाको पूर्व तयारीको काम चलिरहेको छ। यही वर्षभित्र पूर्व तयारीको काम सकेर आगामी वर्ष निर्माणमा जाने योजना छ। निर्माण सुरु गरेको ४ वर्षमा व्यवसायिक उत्पादन गर्ने लक्ष्य छ।

२३ अर्ब रुपैयाँ  लाग्ने अनुमान गरिएको यो आयोजनाको फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो लाग्न) भने बाँकी छ।