सेयरको मूल्य लगातार ओरालो लागेपछि एफपीओ बिक्री रद्द गर्दै अडानी इन्टरप्राइजेज

बिजमाण्डू
२०७९ माघ १९ गते ११:३६ | Feb 2, 2023
सेयरको मूल्य लगातार ओरालो लागेपछि एफपीओ बिक्री रद्द गर्दै अडानी इन्टरप्राइजेज


काठमाडौं। सेयरको मूल्य लगातार ओरालो लागेपछि  अडानी इन्टरप्राइजेजले बुधबार २०,००० करोडको एफपीओ  बिक्री रद्द गरेको छ। अडानी इन्टरप्राइजेजलेले बिक्रीबाट उठाएको २०,००० करोड सेयर २६ प्रतिशतले घटेपछि लगानीकर्तालाई फिर्ता गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

 गौतम अडानीको कुल सम्पत्तिमा एकैदिन १२ अर्ब अमेरिकी डलरको गिरावट आएको छ। हिन्डेनबर्गको प्रतिवेदनका कारण अडानी विश्वकै तेस्रो धनाढ्यबाट शुक्रबार सातौं स्थान हुँदै बुधबार शीर्ष १० बाटै बाहिरिएका थिए। हाल उनी फोर्ब्सको धनाढ्यहरूको सूचीमा १६औं स्थानमा झरिसकेका छन्।

हिन्डेनबर्गले अडानीको स्वामित्वमा रहेका केही कम्पनीहरुले जाली वित्तीय विवरण र सेयर मूल्यमा चलखेल गरेको भन्दै प्रतिवेदन सार्वजनिक गरेलगत्तै गत बुधबारदेखि नै अडानी ग्रुपका कम्पनीहरुको सेयरमा उल्लेख्य गिरावट आउन सुरु गरेको थियो। एक हप्ताको अन्तरालमा अडानीको कुल नेटवर्थ ६८.९ अर्ब डलरमा झरेको छ।

आजमात्रै उनको नेटवर्थ २२.२८ प्रतिशत अर्थात १९.८ अर्बले तल झरेको छ। हिन्डेनबर्गको प्रतिवेदनका कारण अडानीले ९० अर्ब डलर गुमाइसकेका छन्। अडानीले हिन्डेनबर्गको प्रतिवेदनमा उल्लेख सबै आरोपहरू अस्वीकार गर्दै आएका छन् ।

बुधबार सेयर बजार बजार बन्द भएपछि, अडानी समूहले ‘असाधारण परिस्थिती र वर्तमान बजार अस्थिरता’ को कारणले कम्पनीले शेयर बिक्री रकम फिर्ता गर्ने बताएको छ।

‘यी असाधारण परिस्थितिलाई ध्यानमा राख्दै, कम्पनीको बोर्डले उक्त सेयर बिक्रीलाई अगाडि बढाउनु नैतिक रूपमा सही नहुने महसुस गर्यो।,’-अडानीले भने। ‘लगानीकर्तालाई कुनै पनि सम्भावित आर्थिक नोक्सानीबाट जोगाउन बोर्डले फलो-अन पब्लिक अफरलाई अगाडि नबढाउने निर्णय गरेको छ।’

अडानीले कम्पनीको ब्यालेन्ससिट ‘बलियो भएको बताए, ‘हामीसँग हाम्रो ऋण चुक्ता भएको त्रुटिरहित ट्र्याक रेकर्ड छ। यो निर्णयले हाम्रो सञ्चालन र भावी योजनाहरूमा कुनै प्रभाव पर्ने छैन।’ (बीबीसीबाट साभार)