पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम: पहिलो चरणमा जनचेतना फैलाउने

बिजमाण्डू
२०७९ माघ १९ गते १०:०१ | Feb 2, 2023
पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम: पहिलो चरणमा जनचेतना फैलाउने

काठमाडौं। सरकारले कानुन निर्माण गरेको ३० वर्षपछि मोटरसाइकलको पछाडि बस्ने यात्रुले पनि हेल्मेट अनिवार्य रुपमा लगाउनु पर्ने व्यवस्था लागु गर्ने तयारी गरेको छ।

Tata
GBIME
Nepal Life

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले यसलाई कसरी लागु गर्न सकिन्छ भन्नेमा छलफल गर्न थालेका छन्।

केही वर्ष अगाडि पनि सरकारले यो हेल्मेट अनवार्य कानुन लागु गर्न खोजेको थियो। तर हेल्मेट व्यवसायीहरुको मिलोमतोमा लागु गर्न लागिएको भन्दै विरोध भएको थियो। यसरी चौतर्फी विरोध भएपछि सरकार यसलाई लागु गर्नबाट पछि हटेको थियो। तर फेरि यसलाई लागु गर्न सरकारले छलफल सुरु गरेको छ।

मन्त्रालय स्रोतका अनुसार, हाललाई यो कानुन लागु गर्न जनचेतना फैलाउने विषयमा छलफल गरिएको छ। छलफलमा दुई पांग्रे सवारीसाधानको पछाडि बस्नेले हेल्मेट नलगाउँदा ज्यान गुमाउनु परेको प्रतिवेदन समेत बुझाइएको थियो।

यसैकारण कार दुर्घटनाबाट भन्दा बाइकबाट धेरै मानिसले ज्यान गुमाउन परेको निष्कर्षसहित सरकारले हेल्मेट अनिवार्य गर्न लागेको मन्त्रालय स्रोतले जनाएको छ।

स्रोतका अनुसार हाललाई ६ महिनाको समयवधिमा यसलाई लागु नगरी पछाडी बस्ने यात्रुले पनि हेल्मेटहरु लगाउँदा कसरी सुरक्षित यात्रा हुन्छ भन्ने कुराको बारेमा आमनागरिकलाई जनचेतना फैलाउने सरकारले तयारी गरेको छ।

‘पहिलो चरणमा लामो दुरीमा यात्रा गर्ने यात्रुहरुको लागि अनिवार्य गरिनेछ,’ स्रोतले भन्यो, ‘यसमा पनि सरकारले सरकारी मातहतमा रहेका दुई पांग्रे सवारीमा अनिवार्य गर्ने गरी पनि योजना बनाएको छ।’

सरकारले यसलाई २०४९ को कानुनमा नै व्यवस्था गरिएको थियो। सवारी तथा यातायात व्यवस्था ऐन २०७७ को ड्राफ्ट तयार भएर राय, सुझावका लागि कानुन मन्त्रालय समेत पठाइएको थियो।

तर यसलाई सबै निकायले अव्यवहारिक भएको भन्दै लागु गर्न सकिएको थिएन। नेपालमा उपलब्ध सवारीसाधनमध्ये सर्वाधिक संख्यामा प्रयोगमा रहेको मोटरसाइकल र स्कुटर हो। यो सजिलो र सस्तो भएकाले धेरै छ।