नेशनल लाइफ इन्स्योरेन्सले सम्पन्न गर्‍यो कर्मचारीहरुको दक्षता अभिवृद्धि कार्यशाला



२०७९ माघ १७ गते १७:५८
नेशनल लाइफ इन्स्योरेन्सले सम्पन्न गर्‍यो कर्मचारीहरुको दक्षता अभिवृद्धि कार्यशाला


काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्सले कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्न ब्रान्च मेनेजर कन्फ्रेन्स सञ्चालन गरेको छ। कार्यक्रममा जीवन बीमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटो बारे छलफल गरिएको इन्स्योरेन्सले जनाएको छ। 

TATA
GBIME

कन्फ्रेन्समा विभागीय प्रमुख तथा देशैभरीबाट शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरु सहभागी थिए।इन्स्योरेन्सका अनुसार १५० जनाभन्दा बढीको सहभागिता रहेको थियो।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक र जटिल हुँदै गएकाले दक्षता र आपसी समन्वयबाट व्यवसायिक लक्ष्य हासिल गर्न सुझाव दिए।

कम्पनीका सहायक महाप्रबन्धक प्रज्वल सायमीले केन्द्रिय कार्यालयबाट सम्पन्न गरिने विभागीय काम कारबाहीमा शाखा कार्यालयको भूमिकाका बारेमा प्रस्तुति दिएका थिए।

सम्मेलनमा अन्तर्राष्ट्रिय प्रशिक्षक तरुण ओझाले व्यक्तित्व विकास सम्बन्धमा र प्रोडक्ट मिक्सिङका प्राविधिक पक्षहरुको बारेमा प्रशिक्षण दिएका थिए।


Sunrise Bank