तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, मंगलबारसम्म कायम सेयरधनीले मात्रै पाउनेछन्



२०७९ माघ १७ गते १३:२७
तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, मंगलबारसम्म कायम सेयरधनीले मात्रै पाउनेछन्


काठमाडौं। मंगलबार रिडी पावर कम्पनी, तारागाउँ रिजेन्सी होटल र अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। यी कम्पनीहरुले बुधबार बुक क्लोज मिति तोकेका छन्।  

TATA
GBIME

जसमध्ये रिडी पावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ४० प्रतिशत बोनस सेयर र २.१० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

उक्त लाभांश माघ २९ गते आइतबार हुने कम्पनीको २१औं वार्षिक साधारण सभाबाट पारित गरिँदै छ। तसर्थ कम्पनीले लाभांश तथा सभाका लागि माघ १८ गतेका लागि बुक क्लोज मिति तोकेको छ। त्यसअनुसार मंगलबारसम्म सेयर खरिद गर्ने लगानीकर्ताले मात्र लाभांश प्राप्त गर्ने छन्।

यसैगरी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पनि साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १८ गते बुक क्लोज तोकेको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ८ प्रतिशत बोनस सेयर तथा ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। उक्त लाभांश प्राप्त गर्न आजसम्म सेयरधनी बन्नु पर्ने छ।

कम्पनीले माघ २७ गते शुक्रबार हुने २५ औं वार्षिक साधारण सभाबाट सो लाभांश पारित गर्ने छ। साधारण सभाबाट स्वीकृत भएपछि मात्र उक्त लाभांश मंगलबारसम्म कायम सेयरधनीले पाउनेछन्।

यस्तै, तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले पनि गत आवको नाफाबाट लगानीकर्तालाई कुल ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्दै छ।

कम्पनीले उक्त लाभांश आगामी फागुन ३ गते हुने साधारण सभाबाट पारित गर्ने योजना छ। साधारण सभा तथा लाभांशका लागि कम्पनीले पनि बुधबार बुक क्लोज मिति तोकको छ। बुक क्लोजभन्दा अघिल्लो दिन अर्थात मंगलबारसम्म कायम सेयरधनीहरुले मात्र सो लाभांश पाउने छन्।


Sunrise Bank