लुम्बिनीका मुख्यमन्त्रीसँग ट्रक व्यवसायीले भने- भारतीय ट्रकको निर्बाध प्रवेश रोक्नुप‍र्‍यो



२०७९ माघ १७ गते १२:००
लुम्बिनीका मुख्यमन्त्रीसँग ट्रक व्यवसायीले भने- भारतीय ट्रकको निर्बाध प्रवेश रोक्नुप‍र्‍यो


काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मालबाहक सवारीसाधनको संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका छन्।

TATA
GBIME

सोमबार नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशका व्यवसायीहरुले मुख्यमन्त्री गिरीलाई भेटका थिए। व्यवसायीहरुले मुख्यमन्त्री गिरीलाई मालबाहक सवारी क्षेत्रले भोग्दै आएको समस्याहरुको बारेमा जानकारी गराएका थिए।

व्यवसायीहरुले भारतीय ट्रकको निर्बाध नेपालभित्र प्रवेशमा रोक, ढुवानी रोड पर्मिट जाँचपास र ब्लू नवीकरणका लागि वार्षिक एकै पटक गर्नुपर्नेमा पटकपटक जानुपर्ने झन्झटिलो प्रणालीको अन्त्य गर्ने समेत माग गरेका छन्।

व्यवसायीका समस्या सुनिसकेपछि मुख्यमन्त्री गिरीले भने मालबाहक ट्रक यातायात अपरिहार्य भएकाले व्यवसायी र उपभोक्तामुखी नीति निर्माण गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेश संयोजक यमप्रसाद पाण्डेले बताए।


Sunrise Bank