इन्टरनेट सेवा प्रदायक संघको अध्यक्षमा दोहोरिए सुधीर पराजुली, नयाँ कार्यसमितिमा अरु को को छानिए?

२०७९ माघ १६ गते २१:०७
इन्टरनेट सेवा प्रदायक संघको अध्यक्षमा दोहोरिए सुधीर पराजुली, नयाँ कार्यसमितिमा अरु को को छानिए?


काठमाडौं। इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) को अध्यक्षमा सुधीर पराजुली दोहोरिएका छन्। आइस्पानको सोमबार सम्पन्न भएको २२औं वार्षिक साधारण सभाबाट पराजुली सर्वसम्मत अध्यक्ष चुनिएका हुन्।

Tata
GBIME

संघको उपाध्यक्षमा मनोज अग्रवाल, महासचिवमा नविन कुमार श्रेष्ठ र कोषाध्यक्षमा पुष्कर बडाल चयन भएका छन्। सचिवमा भने सुरेन क्षेत्री छानिएका छन्।

त्यसैगरी, कार्यकारी सदस्यहरुमा कमल बास्तोला, सुदीप आचार्य, मधु अमात्य र सुजन थापा निर्वाचित भएका छन्।

प्रमुख कार्यकारी अधिकृत (सदस्य सचिव) मा सुभास खड्का पुन: चयन भएका छन्। आइस्पानले बिनय बोहारा, विनय साउद र प्रमेश खरेललाई सल्लाहकार बनाएको छ। बोहारा यसअघि वरिष्ठ सल्लाहकार थिए भने खरेल उपाध्यक्ष थिए।

यस्तै, आइस्पानले बृजेश पालिखे, रमेश काफ्ले र आशिष क्षेत्र सम्मिलित फंसनल कमिटीसमेत विस्तार गरेको छ।

आइस्पानले इन्टरनेट सेवा प्रदायकहरुका समस्याहरुलाई एक/एक गरी समाधान गर्ने र सरकारलाई समस्या समाधान गर्न ध्यानाकर्षण गर्दै दबाब दिने निर्णय गरेको छ। साथै, आइस्पानले गुणस्तरीय सेवा दिंदै इन्टरनेट क्षेत्रको विकाश गर्ने लगायतका लक्ष्य लिएको छ।


Sunrise Bank