तीन महिनाभित्र सरकारी संस्थान तथा कम्पनीलाई लेखा परीक्षण सक्न अर्थमन्त्री पौडेलको निर्देशन

२०७९ माघ १६ गते १८:०३
तीन महिनाभित्र सरकारी संस्थान तथा कम्पनीलाई लेखा परीक्षण सक्न अर्थमन्त्री पौडेलको निर्देशन


काठमाडौं । तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयले बीमा कम्पनी र संस्थानलाई द्रुत गतिमा लेखा परिक्षण सक्न निर्देशन दिएको हो।

TATA
GBIME

अर्थमन्त्रालयमा बसेको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै आजका मितिबाट सुरु भइ २०८० साल वैशाख १६ सम्म लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/०७४ देखि लेखा परीक्षण हुन बाँकी छ ।

अर्थमन्त्री पौडेलले लेखा परीक्षण सम्पन्न नहुँदासम्म बोनस र लाभांश वितरणलाई अघि नबढाउन पनि निर्देशन दिएका छन् ।

बैठकमा अर्थमन्त्रालय राजस्व सचिव डा. रामप्रसाद घिमिरे, नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, राष्ट्रिय बिमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बिमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेखर बराल लगायतको उपस्थिति रहेको थियो ।


Sunrise Bank