सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ बोनस दरमा बीमितले अधिकतम प्रतिहजार ९० रुपैयाँसम्म पाउने



२०७९ माघ १५ गते १२:२८
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ बोनस दरमा बीमितले अधिकतम प्रतिहजार ९० रुपैयाँसम्म पाउने



काठमाडौं। सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर कायम गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७८।७९को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङक्न सम्बन्धी बिमाङ्किय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्विकृत भएपछि नयाँ नयाँ बोनस दर जारी गरेको हो।

TATA
GBIME

कम्पनीले विभिन्न बीमालेखमा प्रतिहजार ४० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनस दर तोकेको जनाएको छ।

सावधिक बीमालेख योजनामा ९ वर्ष अवधिसम्मको लागि ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि ४१ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि ५४ रुपैयाँ र ३० वर्ष भन्दा बढि अवधिको लागि ७० रुपैयाँ बोनस दर कायम गरेको छ।

सावधिक तथा आजिवन बीमालेखमा ९ वर्ष अवधिको लागि ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्ष सम्मको लागि ४६ रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिलाई ५६ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिसम्मको लागि ६० रुपैयाँ र ३० वर्ष भन्दा माथिकोअवधिको लागि ७० रुपैयाँ बोनसदर तोकिएको छ।

अग्रिम भुक्तानी सावधिक १० देखि १९ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५२ रुपैयाँ र २५ देखि २९ वर्षसम्मको लागि ६० रुपैयाँ छ।

चौरासी पूजा नियमित भुक्तानीमा १० देखि १४ वर्ष अवधिसम्को लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिको लागि ६५ रुपैयाँ र ३० वर्ष र सो भन्दा माथिको अवधिको लागि ७० रुपैयाँ बोनस दर बीमितले पाउने भएका छन्।

साथै,चौरासी पुजा एकल भुक्तानी अन्तर्गत १० देखि १४ वर्ष अवधिको लागि ७५ रुपैयाँ, १५ देखि १९ वर्षको लागि८०रुपैयाँ,२० देखि २४ वर्षसम्मको लागि ८५ रुपैयाँ, २५ वर्ष देखि २९ वर्ष अवधि र ३० वर्ष भन्दामाथिको अवधिलाई ९० रुपैयाँको दरले बोनस निर्धारण गरिएको कम्पनीले जनाएको छ।


Sunrise Bank