
काठमाडौं। बैंकिङ कसुर अभियोगमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि कामना सेवा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतलाई हटाएको छ।
बैंकले उनको ठाउँमा कामु प्रमुख कार्यकारीको जिम्मेवारी विनय दाहाललाई दिएको छ।
झापामा नक्कली ऋणी तयार पारेर ऋण दिएको भेटिएपछि राष्ट्र बैंकको सिफारिसमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ।
यही क्रममा प्रहरीले बस्नेतसहित बैंकका ११ जनाका नाममा पक्राउ पुर्जी जारी गरेको छ। उनी पक्राउ पर्नुअघि नै बैंकले बस्नेतलाई हटाएको हो।